आर्थिक वर्ष २०७८/०७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड (बजेटकाे पूर्णपाठ)

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडाैं, १५ जेठ । नेपाल सरकारले आज आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले सिंहदरबाट बजेट सार्बजनिक गरेका हुन ।

चालु खर्चतर्फ ६ खर्ब ६१ करोड, पूँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड बिनियोजन भएको छ । प्रदेश तथा स्थानिय तहतर्फ ३ खर्ब ७१ करोड बिनियोजन गरिएको छ ।

सरकारले बजेट स्रोतको लागि आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्व उठाउने भएकाे छ । ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरिएकाे छ भने ३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाइने भएकाे छ ।

बजेटकाे पूर्ण विवरण अध्ययनकाे लागि तलकाे लिंक क्लीक गर्नुहाेलाः-

https://drive.google.com/file/d/1-gnSTzg3NUHh4pbX4Hm7oS34W1Dm0M8M/view?usp=gmail