
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।
आव २०७८/७९ का लागि शनिबार सार्वजनिक गरिएको बजेटमा सरकारले कार्यान्वयन गर्ने आर्थिक पुनरुत्थानका कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप व्यवस्थाबाट परिस्थिति सामान्यतर्फ उन्मुख भई आर्थिक गतिविधि पुरानै लयमा फर्किने विश्वासका आधारमा आर्थिक वृद्धिदर ६.५ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुद्रास्फीति दरलाई पनि ६.५ प्रतिशतमा सीमित राख्ने र बजेट कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने बताए।
उनले अहिलेको प्रतिकूल परिस्थितिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमसहित प्रस्तुत बजेटको कार्यान्वयनबाट समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



