
काठमाडौं, १६ जेठ। सरकाले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत् बजेट ल्याएर सबैको मन जित्ने कोशिस गरेका छन्।
बजेटप्रति सधै असन्तुष्ट रहने निजी क्षेत्रलेसमेत बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। प्रतिपक्षी दलले भने चुनावमा मतका लागि रकम वितरण गरिएको भन्दै बजेटप्रति असन्तुष्टी व्यक्त गरेका छन्।
कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आगामी आर्थिक वर्षको बजेट अघिल्लो आर्थिक वर्षको भन्दा करिब दुई खर्ब ठूलो हो। बजेटको आधार बढ्दा स्रोत जुटाउन कठिन हुने भन्दै प्रतिपक्षीले प्रधानमन्त्री केपी ओलीले सस्तो लोकप्रियताका लागि बजेटलाई वितरणमुखी बनाएको आरोप लगाएका हुन्। यो आकारको बजेटका लागि स्रोत जुटाउन कठिन हुने उनीहरुको भनाइ छ।
बजेटका १० प्राथमिकता
सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा ठूलो रकम विनियोजन गरेको छ। अर्थमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्र ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ।
शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन भएको छ भने भौतिक पूर्वाधारमा १ खर्ब ६३ अर्ब २७ करोड रुपैयाँ छुट्याइएको छ। ऊर्जा क्षेत्रमा १ खर्ब २१ अर्ब ९७ करोड विनियोजन भएको छ भने सामाजिक सुरक्षा भत्तामा १ खर्ब छुट्याइएको छ।
कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड विनियोजन गरेका अर्थमन्त्री पौडेलले खानेपानीका लागि ४३ अर्ब ५४ करोड छुट्याएका छन्। सहरी विकासमा ४१ अर्ब २० करोड विनियोजन गरेको सरकारले पुनर्निणमा ३२ अर्ब ५५ करोड रकम विनियोजन गरेको छ।
- स्वास्थ्य : १ खर्ब २२ अर्ब ७७ करोड
- कोरोना नियन्त्रण : ३७ अर्ब ५३ करोड
- शिक्षा : १ खर्ब ८० अर्ब ४ करोड
- भौतिक पूर्वाधार : १ खर्ब ६३ अर्ब ३७ करोड
- ऊर्जा : १ खर्ब २१ अर्ब ९७ करोड
- सामाजिक सुरक्षा भत्ता : १ खर्ब
- कृषि : ४५ अर्ब ९ करोड
- खानेपानी : ४३ अर्ब ५४ करोड
- सहरी विकास : ४१ अर्ब २० करोड
- पुननिर्माण : ३२ अर्ब ५५ करोड
के हो त बजेटको स्रोत ?
अघिल्लो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको थियो। यो वर्षको बजेट अघिल्लो वर्षको भन्दा दुई अर्ब बढेपछि यसको स्रोतमाथि प्रश्न उठेको छ। कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटका लागि सरकारले राजश्वबाट मात्र १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ जुटाउने बताएको छ।
कोरोना महामारीका कारण भएका निषेधाज्ञा र लकडाउनले सरकारको लक्ष्य अनुसार राजश्व असुली हुन नसक्ने दाबी प्रतिपक्षीको छ। यसले स्रोत जुटाउनै कठिन हुँदा बजेटको औचित्य पुष्टि हुन नसक्ने आरोप उनीहरुको छ।
सरकारले ३ खर्ब ९ अर्ब २९ करोड विदेशी ऋण बाट बजेटको स्रोत जुटाउने घोषणा गेको छ। आन्तरिक ऋण २ खर्ब ५० अर्ब र विदेशी अनुदान ६३ अर्ब ३७ करोड स्रोत जुटाउने अर्थमन्त्री पौडेलले घोषणा गरेका छन्।
बजेट महत्वकांक्षी भए पनि गरिबका लागि परिचयपत्र, घरायसी प्रयोगमा विद्युत महसुस नि:शुल्कदेखि छुटसम्म, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण, मासिक २० हजार लिटरसम्म पानीको महसुल नलिने, विद्यार्थीलाई ल्यापटप र निशुल्क सीम कार्ड, स्थानीय तहमा स्वास्थ्य बिमा, वृद्धाभत्ता एक हजार वृद्धि र कर्मचारीको तलब दुई हजार वृद्धि, व्यवसायीलाई राहत, आयकरमा ९० प्रतिशतसम्म छुट,विद्युतीय सवारीलाई प्राथमिकता, पत्रकारलाई नि:शुल्क उपचार र ७ लाखसम्म दुर्घटना बिमालगायत सरकारले बजेटमा महत्वपूर्ण कार्यक्रम समावेश गरेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



