भियतनाममा कोरोनाको मिश्रित नयाँ भेरियन्ट भेटियो : हावाबाट फैलिने

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



भियतनाममा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट पत्ता लागेको छ । भियतनाममा अहिले भेटिएको नयाँ भेरियन्ट भारत र बेलायतमा भेटिएको भेरियन्टको संयोजन रहेको र तीव्र गतिमा फैलिने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थानले पत्ता लागेको नयाँ भेरियन्ट निकै खतरनाक भएको बताएका छन् । उनका अनुसार नयाँ भेरियन्टमा बेलायत र भारतमा भेटिएको भेरियन्टको विशेषता मिश्रित छ ।

यो भेरियन्ट विशेषगरी हावामा तीव्र गतिमा फैलिरहेको पाइएको उनको भनाइ छ । उनले भाइरसको जेनेटिक कोड छिट्टै सार्वजनिक गर्ने पनि जानकारी दिए । भियतनाममा अहिलेसम्म ६७ सयमा कोरोना पुष्टि भएको छ भने ४७ जनाको ज्यान गएको छ ।