देश र जनतालाई असर गर्ने काम नगर्न सरकारलाई विपक्षीको चेतावनी

- सर्वोच्चबाट न्याय पाउने विश्वास

-



     सफल आवाज    
     जेठ १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनले देश र जनतालाई दीर्घकालिन असर गर्ने काम नगर्न चेतावनी दिएको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभाको पुन:स्थापना र प्रतिनिधि सभाका १४९ सदस्यको हस्ताक्षरमा विकल्प प्रधानमन्त्रीका रुपमा विधिवत दाबी प्रस्तुत गरिसकेको भन्दै देश र जनतालाई दीर्घकालिन असर गर्ने काम नगर्न सरकरलाई चेतावनी दिएको हो ।

कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गरेका हुन्।

यस्तै बैठकले सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाको संरक्षण गर्नेमा आफुहरु विश्वास रहेको पनि गठबन्धनले निकालेको विज्ञप्तीमा उल्लेख छ । सरकारका संविधान विपरित र अलोकतान्त्रिक काममा सहयोगी नहुन पनि बैठकले सबै अंग र निकायलाई अनुरोध गरेको छ ।