
काठमाडौं, १७ जेठ । अबको पाँच वर्षमा विश्वको तापक्रम बढेर नयाँ स्तरमा पुग्ने अनुसन्धानले देखाएको छ।
विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले प्रकाशित गरेको अध्ययनले सन् २०२५ सम्म विश्वको तापक्रम बढेर नयाँ स्तरमा पुग्ने देखाएको हो।
अध्ययन अनुसार २०२५ सम्म कुनै एक वर्ष औद्योगिक कालबाट १ दशमलव ५ डिग्रीसम्म तापक्रम बढ्न सक्नेछ। यो तापमान जलवायु परिवर्तनमा पेरिस सम्झौतामा निर्धारित दुई तापमान सीमाभन्दा कम हो।
बेलायतको मौसम विभागबाहेक अमेरिका र चीनसहित दश देशका अनुसन्धानकर्ता अध्ययनमा सहभागी थिए। अनुसन्धानकर्ताका अनुसार जमिनमा तापमान बढेर बेमौसमी वर्षा, जंगलमा आगलागी, चक्रवात र बाढी जस्ता प्राकृतिक विपत बढ्ने संभावना देखिएको छ।
अघिल्लो दशकमा कुनै एक वर्षमा तापक्रम १ दशमलव ५ डिग्रीसम्म बढ्ने संभावना २० प्रतिशत मात्र देखिएको थियो। तर अहिलेको नयाँ अध्ययनले तापक्रम बढ्ने संभावना बढेर ४० प्रतिशत पुगेको छ।
अनुसन्धानकर्ताले अबको पाँच वर्षमा कुनै एक वर्ष तापक्रम बढे पनि त्यो अस्थायी अवस्था हुने बताएका छन्। तर एक वा दुई दशकमा १ दशमलभ ५ डिग्री सेल्सियसको सीमा सधैंका लागि पार हुने देखिएको उनीहरुको निष्कर्ष छ।
पेरिस सम्झौता अनुसार विश्वभर औषत तापमान २ डिग्री सेल्सियसबाट बढ्न नदिने र १ दशमलव ५ डिग्री सेल्सियस पार गर्न नदिने प्रयास गरिने उल्लेख छ।
यो कुनै एक वर्ष नभई लामो समयको लागि जारी राखिने लक्ष्य भए पनि त्यो नदेखिएको भन्दै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन्।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




