
काठमाडौं, १७ जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेबाट ८.५ प्रतिशत ब्याजदर रहने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘८.५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
बैंकले वार्षिक ८.५० प्रतिशत ब्याजदरमा उक्त डिबेन्चर अर्थात ऋणपत्र निष्काशन गर्न लागेको हो ।
आरबिबिले बिक्रीमा ल्याउन लागेको ऋणपत्रको अवधि ६ महिनाको लागि रहेको छ । बैंकका अनुसार प्रतिकित्ता १ हजार मूल्य अंकित २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र ल्याउन लागेको हो ।
उक्त ऋणपत्रको कुल कित्ताबाट १ अर्ब रुपैयाँ बरारबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्रीको लागि रहेको छ । बाँबी रहेको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत बिक्री गरिने भएको छ ।
आरबिबिएल डिबेन्चरको लागि लगानीकर्ताहरुले जेठको २८ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्म माग गरे बमोजिम आवेदन नपरेको खण्डमा ढीलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने भएको छ । ईच्छुक लगानीकर्ताले कम्तिमा २५ देखि बढीमा २ लाख ५० हजार कित्ताका लागि आवेदन पेश गर्न सक्ने भएका छन् ।
आरबिबिएल डिबेन्चरको निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र नितका शाखाहरुबाट आवेदन सदन सक्नेछन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



