
काठमाडौं, १७ जेठ । प्रभु बैंककाे ऋणपत्र बिक्रीको समयावधि थप गरिएकाे छ । तोकिएको समयावधिमा माग बमोजिमको ऋणपत्र बिक्री नभएपछि बैंकले ऋणपत्रमा आवेदन दिनका लागि म्याद लम्ब्याएर जेठ २६ गतेसम्म पुर्याएको हाे ।
बैंकले यसअघि जेठ ११ गते पहिलो चरणमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि प्रतिइकाई १ हजार मूल्य दरको ४० लाख इकाई बिक्री खुल्ला गरेको थियो ।
बैंकले उक्त ऋणपत्रबाट २५०० इकाई म्युचुअल फण्ड र २४ लाख इकाई विभिन्न संघ, संस्थामा बिक्रीको लागि छुट्याएको छ । बाँकी रहेको १५ लाख ७७ हजार ५०० इकाई सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।
प्रभु बैंकले १० वर्षे अवधिको लागि ‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो । बैंकले वार्षिक साढे ८ प्रतिशत व्याज दिने भएको छ ।
लगानीकर्ताले कम्तिमा २५ तथा बढीमा १० इकाईका लागि आवेदन पेश गर्न सक्नेछन् । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



