खोप लिन नेपाल वायुसेवाकाे जहाज आज चीन जाँदै

-



     सफल आवाज    
     जेठ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ जेठ । । चिनियाँ राष्ट्रपति सी काे सहयोगमा प्राप्त हुने भनिएकाे काेराेनाकाे खोप लिन आज सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । खोप लिन सोमबार बेइजिङ जान लागेको विमानले ८ लाख डोज खोप ल्याउनेछ ।

साेमबार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो करिब साढे २ बजे खोप लिएर फर्किने नेपाल वायुसेवा स्राेतले जानकारी दिएकाे छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसंगकाे टेलिफाेन छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए ।