
काठमाडौं, १७ जेठ । साताको दोश्रो दिन सोमबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार उत्साहजनक भएपनि १२ उपसमूहरु राताम्मै भएका छन् । ती सबैको शेयर घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४५.२५ अंकले घटेर २७८२.६८ विन्दुमा पुगेको छ । नेप्से आज १.६० प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ६.५८ अंकले घटेर ५००.४७ विन्दुमा पुगेको छ ।
आज २१८ वटा कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ९० लाख ९१ हजार १७५ कित्ता शेयरको खरिदबिक्रीबाट १३ अर्ब २० करोड ८३ लाख ८० हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये म्युचुअल फण्ड १२ वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
आज बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफइनान्स, जीवन बीमा र लगानी उपसमूहसहित सबैको शेयर घटेको छ ।
आज कारोबारको आधारमा सबैभन्दा बढी राधी विद्युत कम्पनी लिमिटेडको ९० करोड ३९ लाख ६८ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



