
काठमाडाैं,१९ जेठ । काठमाडाैं उपत्यकामा निषेधाज्ञा १० दिन थपिएकाे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले जेठ २१ देखी ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।
याे पटककाे निषेधाज्ञामा किराना पसल , खाद्यान्नका डिपार्टमेन्टल स्टोर, फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन । साथै निर्माणका काम पनि खुला गरिएको छ। तर, निर्माण सामग्री राति मात्र सप्लाइ गर्नुपर्नेछ।
वैशाख १६ देखि शुरू भएकाे निषेधाज्ञालाई प्रशासनले गत जेठ १४ बाट थप कडा पारेको थियो। १४ गतेबाट उपत्यकामा बन्द गरिएको किराना पसल तथा खाद्यान्नका स्टोर यसपटक बिहान ९ बजे सम्म खोल्न दिने निर्णय भएकाे बताइएकाे छ ।
सबै सार्वजनिक यातायात पहिलेजस्तै बन्द रहनेछन । सरकारी, निजी तथा अत्यावश्यक निकायका लागि सम्बन्धित कार्यालयको परिचयपत्र चाहिनेछ। व्यक्तिगत रुपमा सवारी चलाउन पर्नेभएमा सिडियाे कार्यालयले जारी गरेको पास लिनुपर्ने भनिएकाे छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



