नासाले शुक्रग्रहबारे अध्ययन गर्ने

-



     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित



अमेरिकी अन्तरिक्ष निकाय नासाले शुक्रग्रहबारे अध्ययन गर्ने भएको छ ।

शुक्रग्रहको वातावरण र भौगोलिक अवस्थाबारे नासाले अध्ययन गर्ने भएको हो । त्यसको लागि दुई वटा अभियान सुरु गर्न लागेको नासाले जनाएको छ ।

पाँच सय मिलियन डलरको सहयोगमा सन् २०२८ देखि २०३० सम्म अध्ययन हुनेछ ।

नासाका प्रशासक बिल नेल्सनले यो अध्ययनले ३० वर्षपछि पहिलो पटक शुक्रग्रहको अनुसन्धान गर्ने मौका मिल्ने बताए । यसअघि सन् १९९० तिर अध्ययन भएको थियो ।

शुक्रग्रह सूर्यभन्दा दोस्रो तातो ग्रह हो । यसको सतही तापक्रम ५०० सेल्सियस रहेको यसअघिका अनुसन्धानले देखाएका छन्।