डायनाले विहेमा लगाएको लुगा प्रदर्शनीमा

-


     सफल आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित


वेल्सकी राजकुमारी डायनाले आफ्नो विवाहमा लगाएको लुगा प्रदर्शनीमा राखिएको छ ।

४० वर्षअघि डायनाले आफ्नो विवाहमा लगाएको लुगा प्रदर्शनीमा राखिएको हो ।

आजदेखि जनावरी २०२२ सम्म लुगा प्रदर्शनीमा राखिनेछ ।

यो लुगा प्रदर्शनीमा राख्नको लागि क्याम्ब्रिजका डुक्स र ससेक्सले लुगा भाडामा लिएका छन् ।

डायना ६० वर्ष पुग्न लागेको बेला उनले विवाहको समयमा लगाएको लुगा प्रदर्शनीमा राख्न लागिएको हो ।

यो लुगा डेभिड र एलिजावेथ इमानुयलले सन् १९८१ को जुलाईमा डिजाइन गरेका थिए ।