निषेधाज्ञा अवधिभर ग्यास र खाद्यान्नमा छुट, कहाँ पाइन्छ ?

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ जेठ । सरकारले निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास र खाद्यान्नमा छुट दिने भएको छ ।

साल्ट ट्रेडिङ् र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नमा २० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।

साल्ट ट्रेडिङले पिठो, चिनी, नुन, भटमासको तेल र खाना पकाउने ग्यासमा छुट दिन लागेको हो ।

यस्तै खाद्य व्यवस्थाले विभिन्न प्रकारको चामलमा २० प्रतिशत छुट दिने छ ।

आर्थिक वर्ष २०७८ ७९ को आय व्ययको बजेट वक्तव्यको राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्याक्रम अन्तर्गत छुटको व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएका छन् ।