राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा : नयाँ मन्त्रीको शपथ केहीबेरमा

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं , जेठ २१ । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । शुक्रबार साँझ जसपाका १० जना नेतामध्ये आठजनाले मन्त्री र दुई जनाले राज्यमन्त्रीको रुपमा शपथ लिँदैछन् ।

जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतोको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुन लागेको हो ।

नेता झाका अनुसार राजेन्द्र महतो, उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी, उर्जा, अनिल झा, खानेपानी, बिमल श्रीवास्तव, श्रम, उमाशंकर अरगरिया, युवा, लक्ष्मणलाल कर्ण, भूमिसुधार, चन्दा चौधरी, महिला, एकबाल मियाँ, वन, चन्द्रकान्त चौधरी, ऊर्जा राज्य मन्त्री र रेणुका गुरुङ, महिला राज्य मन्त्री बन्न लागेका हुन् ।