बेलायतमा १२ देखि १५ वर्षका बालबालिकालाई खोप लगाउन अनुमति

-



     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित



बेलायतमा अब १२ देखि १५ वर्षका बालबालिकाले कोरोना विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

बेलायतको औषधि नियमक निकायले फाइजरको कोरोना खोप १२ देखि १५ वर्षका बालबालिकालाई लगाउन अनुमति दिएको हो ।

फाइजर र बायोटेकको यो खोपले अमेरिका र यूरोपमा यसअघि नै अनुमति पाइसकेको छ ।

अनुमति दिएपनि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिने वा नदिने निर्णय भने बेलायतले नै गर्न पाउनेछ ।

अमेरिकामा १२ देखि १५ वर्ष उमेरका बालबालिकाले फाइजरको यो खोप पहिलेदेखि नै लगाइसकेका छन् भने फ्रान्स र जर्मनीले यहि महिनादेखि खोप लगाउने तयारी गरेका छन् ।