
काठमाडौं, २२ जेठ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्री पदबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् बिस्तार गरेसँगै ज्ञवालीको मन्त्री पद गएको हो । उनले मन्त्री पद गुमेसँगै शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
ज्ञवालीले आफू मन्त्री हुँदा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापत्को लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१.१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिए ।
यस्तै अहिले आफ्नो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको पनि बताएका छन् ।
यस्तै मन्त्री भएपछि चढ्दै आएको गाडी र ल्याप्टप परराष्ट्र मन्त्रालयलाई फिर्ता शुक्रबार नै फिर्ता गरिसकेको र शनिबार पुल्चोक स्थित सरकारी निवास छाड्ने पनि उनले जानकारी दिएका छन् ।
उनले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



