एउटा कार पार्किङस्थलको मूल्य १५ करोड

-



     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित



हङकङमा एउटा कार पार्किङस्थल १५ करोड बढी मूल्यमा बिक्री भएको छ ।

१ दशमलव ३ मिलियन अमेरिकी डलर अर्थात १५ करोड १८ लाख बढी नेपाली रुपैयाँमा कार पार्किङस्थल बिक्री भएको हो ।

विश्वकै महंगो ठाउँको रुपमा रहेको ‘द पिक’को माउण्ट निकोल्सनमा कार पार्किङस्थल बिक्री भएको हो । यो रकमले नयाँ रेकर्ड बनाएको छ ।

सन् २०१९ मा ७ दशमलव ६ मिलियन हङकङ डलरमा बिक्री भएको थियो । सन् २०१८ मा एउटा १५० वर्ग फिटको पर्किङ ८ करोड भन्दा बढी रुपैयाँमा बिक्री भएको थियो

हङकङमा कार पार्किङ निकै महंगो पर्छ ।