लायन्सको आइडी इन्डोर्सीमा बुर्लाकोटी सर्वाधिक मतले बिजयी

-


     सफल आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित


काठमाडौं, २२ जेठ। लायन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको यही जेठ २१ र २२ गते सम्पन्न भर्चुअल मल्टिपल कन्भेन्सनबाट लायन बालकृष्ण बुर्लाकोटी आइडी इन्डाेर्सी पदमा सर्वाधिक मतले बिजयी भएका छन ।

लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालको पुर्व मल्टिपल काउन्सिल चियरपर्सन, डिस्ट्रिक्ट ३२५ बि वान नेपालका पुर्व डिस्ट्रिक्ट गर्भनर तथा हालका एलसिआइएफ एरिया लिडर समेत रहेका बुर्लाकाेटीले कुल १६४४ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका प्रतिस्पर्धी लायन खगेन्द्र सिटौलाले ११९० मत मात्र प्राप्त गरेका थिए। नेपालका चार डिष्ट्रिक्टको कुल मतदाता २९८२ रहेकोमा आज २८३४ लायन मतदाताले अनलाइन मतदान गरेका थिए ।

बुर्लाकाेटीकाे याे जितसँगै अब उनलाइ इन्टरनेशनल डाइरेक्टर बन्ने बाटाे खुलेकाे छ ।आगामी २०२३ मा अमेरिकाकाे बाेष्टनमा हुने लायन्स अन्तर्राष्ट्रिय कन्भेन्सनमा उनी नेपालकाे प्रतिनिधित्व गर्दै इन्टरनेशनल डाइरेक्टर बन्नेछन ।

२००८ मा लायन्स क्लब अफ काठमाडौं गोंगबुको चार्टड प्रेसिडेन्ट बनेर लायनिजमको यात्रा शुरु गरेका बुर्लाकोटीले छाेटाे समयमा नै (लायन बर्ष २०१६- १७ मा) डिस्ट्रिक्ट ३२५ बि वानको डिस्ट्रिक्ट गर्भनर बनेका थिए । उनले गर्भनरको कार्यकालमा १०० वटा नयाँ लायन्स क्लब खोलेर लायन्स अन्तर्राष्ट्रियमा इतिहास मात्र रचेनन्, उनको पर्फमेन्सले बिश्वकै सर्बोत्कृष्ट गर्भनर बन्न सफल भएका थिए ।

त्यही बर्ष १०० वटा एमजेएफ समेत प्रदान गरेर आफ्नो कुशल नेतृत्व देखाएका थिए । डिस्ट्रिक्टमा अन्य सामाजिक कार्य संगसंगै नेपाल लायन्स फाउण्डेशनको गुठीमा सबैको सहयोगले करिब डेढ करोड रकम संकलन गर्न समेत सफल भएका थिए ।

बुर्लाकोटी मल्टिपल काउन्सिल चेयरपर्सन भएकै समयमा मल्टिपलबाट रिडिस्ट्रिकिङको प्रस्ताब ल्याएका थिए, जुन प्रस्ताव आज पास भएकाे छ । अब लायन्स अन्तर्राष्ट्रियबाट स्वीकृत भएपछि नेपालमा १५ वटा डिस्ट्रिक्ट हुनेछन । आफु नेतृत्वमा रहदा कुशल नेतृत्व प्रदान गर्दै सबैलाई समेटेर लैजाने बुर्लाकोटी नेपाली लायनबादमा उदाहरणीय ब्यक्तित्व र सफल लायन लिडरका रूपमा परिचित छन । उनकाे यही लाेकप्रियताले अहिले सबै लायन्सको राेजाईको उमेद्वारका रूपमा सर्वाधिक मतले बिजयी भएकाे सिनियर लायन्स लिडरहरू बताउछन ।

आइडी इन्डाेर्सीमा बिजयी भ्एपछि निर्वाचन संयाेजक तथा डिस्ट्रिक्ट ३२५ बि टु का पुर्ब गभर्नर लायन डिके ढुंगानासँग

आइडी इण्डोर्सीमा बिजयी भएपछि बुर्लाकोटीले सबै मतदाता लायन्सहरूलाइ धन्यबाद दिदै लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि आफूले नेपाललाई कामले नै संसारभर चिनाउने बताए । आफ्नो कार्यकालमा नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय रहने बताएका थिए ।

लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका बर्तमान मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री राजनकाे सभापतित्वमा सम्पन्न दुइदिने मल्टिपल डिस्ट्रिक्ट कन्भेन्सनकाे कन्भेनर डिस्ट्रिक्ट ३२५ बि वानका पुर्ब गभर्नर लायन याेगेन्द्र प्रधान रहेका थिए ।

मल्टिपल डिस्ट्रिक्ट कन्भेन्सनका प्रमुख अतिथी नेपालकाे पहिलाे अन्तर्राष्ट्रिय डाइरेक्टर र हालका पिआइडी लायन संजय खेतानले आइडी इन्डाेर्सीमा बिजयी बालकृष्ण बुर्लाकोटीलाइ बधाइ दिदैं लायनिजमका बिबिध बिषयमा प्रकाश पारेका थिए । भर्चुअल मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक्ट ३२५ बि टु का पुर्ब गभर्नर लायन डिके ढुंगानाकाे संयाेजकत्वमा रहेकाे टिमले पारदर्शी रूपमा निर्वाचन गराएकाे थियाे ।