
काठमाडौं, २३ जेठ । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले विवादास्पद आफ्नो अभिव्यक्ति सच्याएका छन् ।
संविधान अनुसार पद तथा गोपनियताको शपथ लिएलगत्तै संविधानको धारा ३ विपरित बहुल राष्ट्रिय पक्षमा आफुहरु रहेको बताएका महतोले यसको चर्को आलोचना भएपछि विज्ञप्ति निकालेर अभिव्यक्ति सच्याएका हुन् ।
‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकता प्रति पूर्ण प्रतिबद्ध रहेको छु’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यस बारेमा कसैलाई अन्यथा भ्रम नपरोस भन्ने प्रष्ट पार्न चाहन्छु ।’
उनले संविधानको धारा ३ मा उल्लेख भएअनुसार आफ्नो अभिव्यक्तिको आशय फरक परेको भन्दै सच्याएका हुन् ।
महतोले संविधानमा रहेका आफ्ना असन्तुष्टि संबोधन गर्नका निम्ती गठित कार्यदलमा यो विषयमा धारणा राख्ने समेत उल्लेख गरेका छन् ।
अभिव्यक्ति सच्याउने क्रममा सार्वजनिक विज्ञप्तिमा महतोले आफ्नो भनाइलाई बङग्याएर गलत अर्थ लाग्ने गरी प्रचार गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म, लिङ्गको साझा हो भन्ने आशय आफ्नो अभिव्यक्तिमा भएको प्रष्ट पारेका छन् ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



