
काठमाडौं, २४ जेठ । केहिदिनयता देशभर गर्मी बढेको छ। कम पानी परेपछि देशभर गर्मी बढेको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि पहाडी भू भागको थोरै ठाउँमा मात्र पानी पर्ने भएकाले तापक्रम अझै बढ्नेछ।
सोमबार भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ। यस्तै जनकपुरमा ३६ देखि ३८ डिग्री, धनगढीमा ३५ देखि ३७ डिग्री, बिराटनगरको अधिकतम तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियस, दिपयल, विरेन्द्रनगर र दाङको घोरहीमा ३३ देखि ३५ डिग्री सेल्सियसम्म पुग्ने संभावना छ। यस्तै काठमाडौं र पोखरामा ३१ देखि ३३ डिग्री, धनकुटा र ओखलढुंगामा २७ देखि २९ तथा जुम्लामा २४ देखि २६ डिग्रीसम्म पुग्न सक्नेछ।
तर देशमा पश्चिमी र पूर्वीसँगै स्थानीय वायुको प्रभावले पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना भने रहेको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए। उनका अनुसार अबको केही दिनमै नेपालमा मनसुन भित्रनेछ। सामान्यतया जुन १० मा नेपाल भित्रने मनसुन सेप्टेम्बर २३ मा नेपालबाट बाहिरिन्छ। यो वर्ष समयमै मनसुन भित्रने देखिएको सापकोटाको भनाइ छ।
सोमबार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।
यस्तै मंगलबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएपनि अन्य स्थानमा आंशिक बदली रहनेछ।
यस्तै मंगलबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरे स्थानमा मेघगर्जसहित हल्का वर्षाको सम्भावना रहेको छ। पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा सामान्यतया सफा रहनेछ।
यसैगरी बुधबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली भई प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा भारी वर्षा हुनेछ भने केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार अहिलेको अवस्था हेर्दा बुधबारसम्म नेपालमा मनसुन प्रवेश गर्नेछ। मनसुन भित्रिएपछि धेरै ठाउँमा पानी पर्नेछ। यो वर्षको मनसुनमा नेपालका धेरै ठाउँमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



