प्रधानन्यायाधीशलाई सन्चो नभएपछि विवादित संवैधानिक इजलास स्थगित

-



     सफल आवाज    
     जेठ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ जेठ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सन्चो नभएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलास स्थगित भएको छ।

संवैधानिक इजलासमा सहभागी न्यायाधीसको विषयमा पक्ष र विपक्षका कानुन व्यवसायीबीच विवाद हुँदा रोकिएको इजलास सोमबार प्रधानन्यायाधिसलाई बिसन्चो भएपछि स्थगित गरिएको सर्वोच्च स्रोतले बताएको छ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्।