देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

-



     सफल आवाज    
     जेठ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ जेठ। बुधबार देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन्।

यहि प्रणालीको प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यहि प्रणालीकै प्रभावले बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहि केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अब मनसुन भित्रन लागेकाले क्रमिक रुपमा पानी पर्ने क्रम बढ्ने मौसमविद्ले बताएका छन्।