
काठमाडौं, २६ जेठ। प्रतिनिधिसभा विघटन सम्बन्धी रिटको सुनुवाइका लागि बुधबार संवैधानिक इजलास बस्दैछ।
सोमबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा अस्वस्थ्य भएपछि स्थगित भएको संवैधानिक इजलास बुधबार बस्न लागेको हो।
त्यसअघि आइतबार दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि विषयवस्तुमा प्रवेश नै नगरी इजलास स्थगित भएको थियो।
सर्वोच्च अदालतका अनुसार सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन्।
उनीहरु इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्नेछ। तर उनीहरुले इजलासमा नबस्ने राय दिएको खण्डमा भने संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने भएकोले यो मुद्दामा सुनुवाइ फेरि लम्बिने सम्भावना छ।
दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध परेको ३० वटा रिट निवेदनको सुनुवाइका लागि दुईपटक गठन भएका इजलास विवादमा परेका हुन्।
पहिलो पटक जेठ १४ गते गठन भएको इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र वमकुमार श्रेष्ठप्रति १४६ जना सांसदका वकिलले प्रश्न उठाएका थिए भने आइतबार गठन भएको इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको उपस्थितिप्रति सरकारी पक्षले प्रश्न उठाएका छन्।
केसी र श्रेष्ठ इजलासमा बसे आफूहरु नबस्ने भन्दै कार्की र भट्टराईले लिखित राय लेखेपछि सरकारी पक्षले त्यसप्रति आपत्ति जनाएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



