मन्त्रिपरिषद्ले पायो पूर्णता, को को बने मन्त्री ? (सूचीसहित)

- कास्कीका खगराज बने गृहमन्त्री

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री, १ राज्यमन्त्री नियुक्त गरेका छन्भने जसपाको महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएका छन् ।

योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसमा प्रधानमन्त्रीसहित ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री भए ।

ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माओवादीसँग पार्टी एकता गर्नुअघि केही समय एमाले संसदीय दलको प्रमुख सचेतक थिए । नेकपा एमाले केन्द्रीय सदस्य रहेका अधिकारी प्रधानमन्त्री ओलीका विश्वास पात्र मानिन्छन् । गृहमा महेश बस्नेतको समेत दाबी थियो।

को को बने मन्त्री ? हेर्नुहाेस सूची: