मनाङ्गेले दिए युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा

-


     सफल आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित


पोखरा, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।
विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । उनले आफू अनुपस्थित हुनुपरेको कारण खुलाएका छन् ।
मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको प्रष्ट पारेका छन् ।
संसदबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि बिहीबारदेखि नै पदमुक्त भएका छन् ।
गण्डकीमा अब संविधानको धारा १६८ (५) बमोजिम विपक्षी गठबन्धनले मनाङ्गेको साथ पाए सरकार बनाउन सक्ने छ । संसदमा विपक्षीतर्फ ३० मत खसेको थियो ।