भारतमा संक्रमित घटे : ११ लाखभन्दा कम सक्रिय संक्रमित

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



भारतमा गएको २४ घण्टामा ७० दिन यताकै कम संक्रमित भेटिएको छ।

गत २४ घण्टामा ८४ हजार ३ सय ३२ जनामा कोरोना पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो संख्या ७० दिन यताकै कम हो। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ११ लाखभन्दा कम भएको छ।

यो संख्या ६३ दिनपछिको कम हो। भारतमा अहिले १० लाख ८० हजार ६ सय ९० जना सक्रिय संक्रमित छन्।

यस्तै गत २४ घण्टामा भारतमा ४ हजार २ जनाको मृत्यु भएको छ। भारतमा निको हुने प्रतिशत ९५ दशमलव ०७ पुगेको छ।