
पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् ।
प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो ।
विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा पक्ष र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेका हुन् ।
यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भइ कृष्णचन्द्र नेपालीलाई अघि सारेर बहुमत अर्थात ३१ सदस्यको हस्ताक्षर बुझाइसकेका थिए ।
गुरुङको दाबीले पनि प्रदेशमा नयाँ बनाउन नदिन र संसद विघटनतिर लैजान चलखेल भइरहेको प्रतिपक्षी दलहरुको शंका छ । प्रदेशमा जनमोर्चाका ३ र जसपाका २ सदस्य छन् । जनमोर्चाका कृष्ण थापाले केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर फर्केका छन्।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



