मुख्यमन्त्री पोखरेलसहित पाँच जनाले लिए सपथ

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



पोखरा, २९ जेठ । आज मुख्यमन्त्रीमा नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित चार मन्त्रीले सपथ ग्रहण गरेका छन् । उनीहरूलाइ प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

मन्त्रिमण्डलमा परेका मन्त्रीहरु जनता समाजवादी पार्टीबाट संसदीय दलका नेता हरिशरण आचार्य, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, स्वतन्त्र सांसद राजिव गुरुङ तथा नेपाली कांग्रेसबाट कुमार खड्का रहेका छन् । सबैले बिना विभागीय मन्त्रीकाे रूपमा सपथ लिएका हुन ।