कोभिड खोप लगाएका ६० हजारमात्र हजमा सहभागी हुन पाउने : साउदी अरब

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



साउदी अरबले हजमा ६० हजारलाई मात्र अनुमति दिने घोषणा गरेको छ।

साउदीको विदेश मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलने जोखिम रहेको भन्दै ६० हजारलाई मात्र हजको अनुमति दिने घोषणा गरेको हो।

मन्त्रालयमा हजमा सहभागी हुन स्थानीयलाई मात्रै अनुमति दिने पनि उल्लेख गरेको छ।

हजमा सहभागीको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै ६० हजारभन्दा धेरैलाई सहभागी हुन नदिने निर्णय गरेको साउदी सरकारले बताएको छ।

अब साउदीमै रहेका साउदी नागरिकले मात्रै हजमा सहभागी हुन सक्नेछन्।

यस्तै कोभिडविरुद्धको खोप लगाएका १८ देखि ६५ वर्षसम्मका मानिस मात्रै हजमा सहभागी हुन सक्नेछन् भने उनीहरुको स्वास्थ्यमा कुनै प्रकारको समस्या हुनु हुँदैन।

इस्लामिक देशको समुह ओआइसीले साउदीको यो निर्णयको स्वागत गरेका छन्।