
काठमाडौं, ३१ जेठ। यो वर्षको मनसुन देशभरी नै फैलिएको छ।
गत शुक्रबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देशभरी फैलिसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभरी नै मनसुन फैलिसकेकाले यो हप्ता देशभरी नै हल्कादेखि मध्यम वर्षा, केही स्थानमा भारी र थोरै स्थानमा अति भारी वर्षाको संभावना छ।
निरन्तर वर्षा हुँदा बाढी, पहिरो र डुबानको जोखम भएकाले भिरालो जमिन र नदी तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार मनसुनी वायु सक्रिय हुँदै गएकाले अब पानी पर्ने क्रम बढ्दै जानेछ।
यसकै प्रभावले अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा वर्षा भईरहेको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी बर्षाको सम्भावना छ।
सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ।
यस्तै मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ।
यसैगरी बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना छ।
बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुँदा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना छ।
हल्कादेखि भारी वर्षको संभावना रहेकाले बाढी, पहिरो र डुबानको जोखम बढेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



