
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन अन्त्य भएको छ।
इजरायलको संसद्मा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत आएपछि नेतान्याहुको १२ वर्षे शासन अन्त्य भएको हो।
विपक्षी गठबन्धनलाई ६० जनाको समर्थन मिल्दा नेतान्याहुलाई ५९ जनाको समर्थन मिलेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
सरकारमा नरहेपनि नेतान्याहु अब दक्षिण पन्थी लिकुट पार्टीको प्रमुख र इजराइली संसद्मा प्रतिपक्षको रुपमा रहनेछन्।
नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनी पाँच पटक इजरायलका प्रधानमन्त्री बने।
पहिलो पटक सन् १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका नेतान्याहुले त्यसपछि २००९ देखि २०२१ सम्म लगातार सरकारको नेतृत्व गर्दै आएका थिए।
तर अप्रत्याशित राजनीतिक घटनाक्रममा विपक्षी आठ दलको गठबन्धनले उनलाई सत्ता बाहिर गरिदिएको हो।
बहुमत गुमाएपछि उनीले संसद्मा फेरि फर्कने बताएका छन्।
अब यामिना पार्टीको दक्षिणपन्थी नेता नेफ्टाली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बन्नेछन्।
संसद्मा उनको पार्टीको ६ सांसद् छन् तर गठबन्धनले उनलाई आफ्नो नेताका रुपमा लिएका छन्।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




