भारतमा इन्धनको मूल्य बढ्यो

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



भारतमा इन्धनको मूल्य बढेको छ।

तेल कम्पनीले सोमबार पेट्रोल र डिजेलको मूल्य बढाएको भारतीय संचार माध्यमले जनाएका छन्।

कम्पनीले पेट्रोलमा २९ पैसा र डिजेलमा ३० पैसा प्रति लिटर बढाएको हो।

योसँगै भारतका केही राज्यमा इन्धनको मूल्यले रेकर्ड बनाएको खबरमा उल्लेख छ।

मे ४ देखि अहिलेसम्म भारतमा पेट्रोल ६ रुपैयाँ १ पैसा र डिजेल ६ रुपैयाँ ५५ पैसा प्रतिलिटर महंगो भएको छ।

राजस्थानको श्रीगंगानगरमा पेट्रोल १०७ रुपैयाँ ५३ पैसा र डिजेल १ सय रुपैयाँ ३७ पैसा प्रति लिटरमा कारोबार भइरहेको छ।