
काठमाडाै, २ असार । बुधबार देशका थोरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी वायु सक्रिय हुँदा देशभरी कै मौसम बदली भई धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केहि भू–भागमा भारी र थोरै स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले निरन्तर पानी पर्दा पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधबार दिउँसो कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । अरु स्थानमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै बुधबार राति कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी बिहीबार दिउँसो सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
बिहीबार राति सुदुर पश्चिम, प्रदेश १ र बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुँदा अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
शुक्रबार राति देशका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



