
काठमाडौं, ३ असार। केही दिनदेखिको वर्षाका कारण देशका विभिन्न १५ जिल्ला प्रभावित भएका छन्। गृहमन्त्रालयका अनुसार बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँचजी, प्यूठान, कास्की, पर्वत, म्यादी, डोटीलगायत जिल्ला प्रभावित भएका हुन्। जसमध्ये पनि सिन्धुपाल्चोक र मनाङमा धेरै क्षति भएको मन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ। दाहालका अनुसार सिन्धुपाल्चोकमा दुई, कास्की, पाल्पा, बाबुरा र डोटीमा १–१ जना गरेर ६ जनाको मृत्यु भएको हो।
त्यसैगरी बाजुरा, गोरखा, प्यूठान, अर्घाखाँचीमा १–१, जाजरकोटमा ७ र सिन्धुपाल्चोकहा १७ गरेर जम्मा २७ जना बेपत्ता भएका छन्। गृहमन्त्रालयले १७ जना बेपत्ता भएको बताए पनि सिन्धुपाल्चोकको मेलम्ची बजारका स्थानीयले त्यहाँ ५० बढी बेपत्ता भएको दाबी गरेका छन्।
अहिलेसम्म बाढी र पहिरोले ८९ घरमा पूर्ण र २६ घरमा आशिंक क्षति गरेको छ। बाढी पहिरो र डुबानबाट प्रभावितलाई राहत सामग्री पठाउने काम भइरहेको र प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्तान्तरण गरेर तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइएको गृहमन्त्रालयको दाबी छ।

मन्त्रालयका अनुसार बेपत्ता व्यक्तिको खोजी र उद्धारका लागि सुरक्षाकर्मीको टोली हेलिकप्टरसहित परिचालन भएको छ। विभिन्न जिल्लामा बाढी पहिरो र डुबान सुरु भएपछि मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा राहत र उद्धारको कामलाई निरन्तरता दिएको दाहालको भनाइ छ।
मौसम पूर्वानुमान विभागले अझै केही दिन देशका अधिकांश भागमा बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क भएर बन अनुरोध गरेको छ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



