ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असार । साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ ११०० ले गिरावट आएको छ भने चाँदीमा २० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा रुपैयाँ ११०० ले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीमा २० रुपैयाँ घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।