नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब २६ कराेड बढीको कारोबार

-



     सफल आवाज    
     असार ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असार । साताको पाँचौ दिन शेयर कारोबार हुने अन्तिमको प्रि ओपन सेसनमा शेयर बजार सकारात्मक लयमा गएको देखियो ।

नेप्से परिसूचक १३.२५ अंकले बढेर २९८२.९७ विन्दुमा पुग्यो । यस्तै सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले बढेर ५४५.९७ विन्दुमा उक्लियो ।

बुधबार नेप्सेमा ५२.४१ अंकले गिरावट आई २९६९.६९ विन्दुमा पुगेको थियो । मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा चलखेलले मूल्य बृद्धि भएको सूचना सार्वजनिक भएपछि शेयर बजारमा नकारात्मक प्रभाव परेको थियो ।

आजको प्रि ओपन सेसन सकारात्मक देखिए पनि मध्यान्ह १२ वजेसम्म आउँदा भने शेयर बजार ओरालो लागेको छ ।

यो समाचार तयार पार्दा सवा १२ बजेके समयसम्म नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक १७.०७ अंकले घटेर २९५२.६४ विन्दुमा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले घट्दा सेन्सेटिम इण्डेक्स ३.५७ अंकले घटेर ५३८.१२ विन्दुमा पुगेको छ ।

२०६ वटा कम्पनीको कारोबार भएको छ । ६४ लाख ७० हजार ५६२ कित्ता शेयरको खरिदबिक्रीबाट ३ अर्ब २६ करोड ६४ लाख ७ हजार ६०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जीवा बीमा उपसमूह बाहेक सबै १२ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।