
पोखरा, ४ असार । मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको छ ।
मादी–१, मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा मंगलबार आएको बाढीले सो बराबरको क्षति पुगेको हो ।
आयोजनाका सञ्चालक किरण केसीका अनुसार १४ किलोमिटर ट्रान्समिसन लाइन लगायत अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादनसमेत बन्द भएको छ । अविरल वर्षापछि आएको बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेकोछ ।

आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रसारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति पुगेको छ । आयोजनालाई पहिलाकै अवस्थामा ल्याउन करिब वर्ष दिनसम्म लाग्न सक्ने उनले बताए । बाढीले मदक्यू खोला जलविद्युत आयोजना सहित सुपर मादी, हिमालयन र अपर मादी हाइड्रोमा बाढीले ठूलै क्षति गरेको हो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



