
पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।
गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा सोको लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका थिए । प्रदेशसभा बैठक बिहान ११ बजे पोखरा सभागृहमा बस्दैछ ।
बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ । बिहीबार मनाङमा राहत सामग्री लिएर पुगेका उनी मौसम खराबीले उतै अड्किएकोमा शुक्रबार बिहान मात्र पोखरा विमानस्थल उत्रिएका छन् । हेलिकोप्टर उड्न नसक्दा उनको विश्वासको मत के हुन्छ ? भन्ने संशय कायम थियो ।
पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । पोखरेललाई काँग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा नेपाल, जनता समाजवादी पार्टी र स्वतन्त्र १ सांसदको समर्थन छ ।
प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पु¥याउन ३० मत चाहिन्छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



