
काबुल, ४ असार । अफगानिस्तानमा कोरोना भाइरसका सङ्क्रमितहरु बढेको पाइएको छ । यहाँ सङ्क्रमित बढेपछि राजधानी काबुलमा कोरोना अस्पताल स्थापना गरिएको बताइएको छ । अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएका छन् ।
यसै कारणले गर्दा अफगानिस्तानको राजधानी काबुलमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल खुलेको छ ।सो कुराको जानकारी अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले शुक्रबार दिएको हो । यसअघि पनि काबुलमा कोरोना भाइरसको मात्र उपचार गर्ने तीन वटा अस्पताल रहेकोमा यो समेत गरी यहाँ कोरोनाका ४ वटा अस्पताल पुगेको पनि अफगानिस्तानको जन स्वास्थ्य सम्बन्धी मन्त्रालयले जनाएको छ ।
शुक्रबार काबुलमा अफगान–इन्डोनेसिया अस्पतालको उद्घाटन भएको सो मन्त्रालयले जनाएको छ । उक्त अस्पताल ५० शैयाको रहेको छ ।यो अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल भएको र यहाँ कोभिडका गम्भीर प्रकृतिका विरामीहरुको उपचार गर्ने बताइएको छ । बिहीबार मात्र पनि अफगानिस्तानमा २४ घन्टाभित्र दुई हजार जना भन्दा बढी कोरोनाका सङ्क्रमित भेटिएका थिए ।
त्यसैगरी बिहीबार यहाँ १०१ जनाको कोरोना सङक्रमणबाट निधन भएको थियो । यहाँ अहिलेसम्म ९८ हजार जना भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । साथै अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट अफगानिस्तानमा ३ हजार ९४३ जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




