
काठमाडौं, ४ असार । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । गत असार १ गतेको भन्दा ठूलो बाढी आएपछि नदी नटिय क्षेत्रका स्थानीय भागभाग गरेका छन् । शुक्रबार राति करिब ९ बजेतिर एक्कासि नदीको सतह बढेको हो।
मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । शुक्रबार दिउँसो केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर असार १ को जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ।
मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ । त्यस्तै उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ । बाढीबाट पुनः क्षतिको विवरण आउन बाँकी छ।
एक्कासि बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।
मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभे्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको छ ।
सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले सूचनामा जनाएको छ । नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गरेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



