निषेधाज्ञा खुकुलो बनाउने तयारी, उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै

-



     सफल आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ असार । निषेज्ञाधा कुन रुपमा खोल्ने भन्ने विषयमा छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयूक्त बैठक बस्ने भएको छ । हालकाे निषेधाज्ञा भोलि अर्थात ७ असारसम्म जारी रहेकाे छ ।

८ असार देखी के गर्ने भन्ने विषयमा आजै बैठक बस्ने तयारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । पराजुली भन्छन्, ‘अाजै वा भाेलि तीन प्रमुख जिल्ला अधिकारी बसेर निषेधाज्ञाको मोडालिटीबारे टुंगो लगाउँछौं ।’

कोभिड–१९ निर्देशक समिति बैठकले अबका दिनमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो । यसको मोडालिटी बनाउने जिम्मा कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)लाई छ । तर सीसीएमसीले अन्तिम निर्णय गरिसकेको छैन । निषेधाज्ञा केहि सहज बनाउने तर पुरै खुला भने नहुने गरी थप गर्ने प्रशासनको तयारी रहेको छ ।