
पोखरा, ६ असार । गण्डकी प्रदेशमा मन्त्रिमण्डल बिस्तार पेंचिलो बन्दै गएको छ । गत २९ जेठमा मुख्यमन्त्री नियुक्ति कृष्णचन्द्र नेपाल पोखरेलले एक साता बित्दा समेत मन्त्रीहरुलाई मन्त्रालयको जिम्मा लगाउन सकेका छैनन् ।
यसैबीचमा पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएको लिखित सम्झौता बाहिरिएको छ । पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ । जसपामा हरिशरण आचार्य र धनमाया पोखरेल लामा गरी २ जना सांसद हुन् । तीमध्ये आचार्य मन्त्री भइसकेका छन् ।
माओवादी केन्द्र र जनमोर्चालाई थाहै नदिई २ दलबीचको सो सम्झौतालाई कतिपयले अनधिकृत सम्झौता भनी सामाजिक संजालमा टिकाटिप्पणी गरेका छन् ।
संसदमा विश्वासको मत लिनुअघि जसपासँग गरेको ४ बुँदे सहमतिमा सबै दलबाट २–२ जना सदस्य रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने, प्रदेशसभामा रहेको डबल थ्रेस होल्डको प्रावधान हटाउने र राजनीतिक नियुक्तिहरुमा गठबन्धनको भावना सम्बोधन गर्ने उल्लेख छ । असार ४ मै मुख्यमन्त्री पोखरेलले काँग्रेससहित, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको ३१ मतमार्फत विश्वासको मत हासिल गरेका थिए ।
मुख्यमन्त्री पोखरेलले यसअघि माओवादी, काँग्रेस, जसपा र स्वतन्त्रका दीपक मनाङ्गे गरी १–१ जनालाई बिनाविभागीय मन्त्री बनाएका छन् । प्रदेशमा ११ जनासम्म मन्त्रालय बनाउने सहमति छ । अघिल्लो सरकारले ७ मन्त्रालय फुटाएर ११ मन्त्रालय बनाउँदा काँग्रेसलाई सहज हुने देखिएपनि पूर्व अनुमानजस्तो छैन ।
जसपाले मागेको अर्थ मन्त्रालयमा काँग्रेसका कुमार खड्का अघोषित मन्त्री हुन् । उता भौतिक पूर्वाधार मनाङ्गेले चाहेका छन् । तर सत्ताका २ ठूला दल काँग्रेस र माओवादीले अर्थ र भौतिक साना दललाई दिन नहुने भन्दै आएका छन् ।
संसदमा आगामी वर्षका बजेट सार्वजनिक गरे पनि मन्त्रालय भागबण्डामा अल्झिदा त्यसबारे छलफल अगाडि बढ्न सकेको छैन ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



