
काठमाडौं, ८ असार । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार शर्तसहित कोटा तोकेर हवाई उडान खुला गरेको हो ।
संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन हुनेछन। यसको तालिका र मिति मन्त्रालयले तय गर्नेछ । मन्त्रालयले भाेलीसम्म तालिका तय गर्ने तयारी गरेकाे छ । सरकारले अन्तर्राष्ट्रियका नियमित हवाई उडानहरू थप गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं-दोहा रुटमा नेपाल वायुसेवाले २ र कतारकाे वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने छन् । काठमाडौं-इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा ४ उडान हुने बताइएकाे छ ।
दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ । कुवेत, मलेसिया लगायतका देशमा पनि उडान हुने भएकाे बताइएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



