आन्तरिक उडान असार १७ र अन्तर्राष्ट्रिय उडान बिहिबारबाट सञ्चालन हुने

-



     सफल आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ असार । सरकारले असार १७ गतेबाट आन्तरीक उडान खुलाउने जानकारी दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेबाट आन्तरिक हवाई उडान खोल्न दिने भएको हो ।

मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना हुने गरी अर्को आदेश नभएसम्मका लागि असार १७ गतेदेखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी हवाई उडान संचालन र व्यवस्थापन मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको बताएका छन् ।

यस्तै मन्त्रालयले असार १० (जुन २४ तारिख) देखि अन्तराष्ट्रिय उडान खोल्ने जनाएको छ । मन्त्रालयले जुनको २४ तारिख देखि जुन ३० तारिखसम्मको अन्तराष्ट्रिय उडान तालिका पनि सार्वजनिक गरेको छ ।