जीवन विकास लघुवित्तको आईपीओमा १५ लाख २८ हजार आवेदन

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे आईपीओमा आइतबारसम्म १५ लाख २८ हजार जनाले आवेदन दिएका छन् । उनीहरूले यस अवधिमा २ करोड ३२ लाख ९२ हजार १ सय ३० कित्ता लागि आवेदन दिएका हुन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार कम्पनीको आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गते बन्द हुनेछ ।

जीवन विकास लघुवित्तले प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३ सय कित्ता सेयर आईपीओ जारी गरेको हो । कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४ सय २० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८ सय ६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।