काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप, सार्वजनिक यातायात चल्ने

-



     सफल आवाज    
     असार १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप भएको छ । अबदेखि सार्वजनिक यातायात समेत सञ्चालन हुने गरी निषेधाज्ञा केही खुकुलो पार्दै असार २१ सम्म लम्बाइएको हो।

राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । निर्णयअनुसार मंगलबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ।

यसअघि घोषित निषेधाज्ञा आज सोमवार रातिसम्म कायमै थियो।

हेर्नोस् के गर्न पाइने, के नपाइने ?