कास्कीमा निषेधाज्ञा पहिलेभन्दा खुकुलो, थपियो आजदेखि असार २५ सम्म १० दिन

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित



पोखरा, १५ असार । कास्कीमा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २५ गतेसम्म १० दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपमा पालना गरेर निषेधाज्ञा अनुसारका कामहरु गर्न भनेको छ ।

आदेशमा नीजि तथा सार्वजनिक यातायातका साधनहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । यो प्रणाली लामो दूरीका सवारी साधनमा लागू नभएको र यातायातका साधन पनि नचलाउन भनिएको छ ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसलहरु बिहान ५.०० बजेदेखि साँझ ६.०० बजेसम्म संचालन गर्न पाईने भएको छ ।

डिपार्टमेन्टल स्टोर्स, सपिङ मल, स्टेशनरी तथा पुस्तक पसल, अटोमोबाईल, निर्माणजन्य सामग्रीका पसलहरु लगायतका अन्य सबै पसल, व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६.०० सम्म संचालन गर्न पाईने भएको छ ।

दुध, अनलाइन डेलिभरी बेलुकी ७ बजेसम्म, ढुंगा, गिट्टी वालुवा, निर्माणजन्य सामग्री ढुवानी गर्ने साधनहरुले बेलुकी ७ बजेदेखि बिहान ५.०० बजेसम्म ढुवानी गर्न सक्ने भएका छन् ।