काठमाडौं उपत्यकामा सार्वजनिक यातायात आजदेखि संचालन

-



     सफल आवाज    
     असार १५ गते २०७८ मा प्रकाशित


फाइल फोटो।


काठमाडौं, १५ असार । दोस्रो भेरियन्टको कोरोना भाइरस महामारीले २ महिनासम्म रोकिएको सार्वजनिक यातायात सेवा आज (मंगलबार) देखि काठमाडौं उपत्यकामा सञ्चालन हुँदैछ ।
जोरबिजोर प्रणालीअनुसार बिहान ६ देखि साँझ ७ बजेसम्म सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छ ।

कोरोना भाइरस संक्रमण दर न्यून हुँदै गए पनि जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै सार्वजनिक यातायात सञ्चालन गर्न दिनेबारे सोमबार निर्णय गरेका थिए ।

काठमाडौं उपत्यकामा थप भएको एक साता निषेधाज्ञामा २५ भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायात सञ्चालन हुन पाउने छन।

निजी सवारीसाधन भने यसअघि नै जोरबिजोर प्रणालीअनुसार सञ्चालन हुँदै आएका थिए । लामो दूरीका सवारी साधन भने सञ्चालन गर्न पाइने छैन।

काठमाडौं उपत्यकामा गत १६ वैशाखदेखि निषेधाज्ञा गरिएकोमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हाल सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न अनुमति छ ।

काठमाडौं उपत्यकामा थप निषेधाज्ञा यस्तो छ ।