एमाले महाधिवेशन आयोजक कमिटीको आज अन्तिम बैठक

-



     सफल आवाज    
     असार १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ असार । नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकले पार्टी एकतबद्ध बनाउने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने भएको छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतको फैसलाबाट नेकपा एकता बदर भएपछि एमालेले महाधिवेशन आयोजक कमिटी गठन गरी अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारी खारेज गरेको थियोे ।

एमाले एकताको लागि २०७५ जेठ २ को अवस्थाबाट पार्टी सञ्चालन हुनुपर्ने नेपाल पक्षको माग र सर्वोच्चले आयोजक कमिटीका कारबाहीलाई मान्यता नदिएपछि अन्तिम बैठकबाट केही निर्णय गर्दै यो कमिटीलाई केन्द्रिय कमिटीमा रुपान्तरण गर्ने भएको छ ।

मंगलबार साँझको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको थियो । केन्द्रीय कमिटी बैठक शुक्रबार बस्नेछ।